प्रधानमन्त्री ओलीले संविधानमाथि खेलबाड गरे : काँग्रेस सचेतक खाण

२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि खेलबाड गरेको बताएका छन । शनिबार राप्ती समाज क्यानडाद्वारा काँग्रेस पूर्व महामन्त्री एवम पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा खाणले केपी ओलीले संवैधानिक संकट निम्त्याउन लागेको बताएका हुन।

यस्तै, उनले काँग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताए । लोकतन्त्र कमजोर हुदा देश र जनता कमजोर हुने उनको भनाइ छ । यस्तै उनले स्वर्गीय खड्काप्रति श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भएको नेताका रुपमा खड्कालाई चित्रण गरे । नेता खाणले नेपाली काँग्रेस को योद्धाहरुको विषयमा धेरै अन्वेषण गर्न र दस्ताबेज बनाएर लिपिबद्ध गर्नुपर्ने संस्थागत दायित्व भएको बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal