चुनावमा नगई देश अगाडि बढ्नै, समर्थन फिर्ता गरेर देखाउ : प्रधानमन्त्री ओली

२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै ओलीले चुनावमा नभइ देश अघि बढ्नै नसक्ने दावी गरे । उनले ढिलोचाँडो निर्वाचन भइ छाड्ने बताए । ‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’

उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप पनि लगाए । आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको पनि उनको दावी छ । आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्कवितरर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता भए आफुले राजीनामा दिने कि के गर्ने त्यत्तिबेला थाहा हुने बताए । उनले भने,‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छ ? एउटाले माग्दैन, ‘एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ । ए बाबा, हटाउ न , समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal