प्रचण्डद्वारा सार्वजनिक कार्यक्रममा हिन्दीमा सम्बोधन, तत्काल नयाँ सरकार गठन गर्ने उद्घोष

२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गरेका छन। कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दाहाले हिन्दी भाषामा सम्बोधन गरेका हुन। प्रचण्डले आजैबाट नया सरकार बनाउन घनिभूतरुपमा छलफल अगाडि बढाउने उद्घोष गरेका छन ।

उनले भने,’ देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु,’ । ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको प्रचण्डको भनाई थियो ।

शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो । लामो मौनतापछि केन्द्रीय कार्यसमिति बैठकबाटै काँग्रेसले सरकार निर्माणका लागि पहल गर्ने निर्णय लिएपछि प्रचण्ड उत्साहित देखिएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal