ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलमात्र हो, हामी डराउनेवाला छैनौँ : नेपाल

चैत २१, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको बताएका छन् । शनिबार आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो प्रधानमन्त्री भइञ्जेलमात्र हो ।’ नेता नेपालले ओली एमालेको नेता नै नभएको समेत बताए । ‘केपी ओली एमाले नतो रे । ‘त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।’ उनले अहिलेसम्म आफूले नै पाटी थेग्दै आएको बताउँदै फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने बताए ।उनले केपी ओली कम्युनिष्ट आदर्शबाट नै स्खलित भएको समेत आरोप लगाए । ओलीलाई कुर्सीको मात्र प्यारो हुने भएकाले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उनको भनाइ छ ।
केपी ओलीमा तानाशाह प्रवृति मा छ । ‘तानाशाहमा व्यक्तिवाद हावी हुन्छ । अहंकारीमात्र हुन्छ, कुमाइमात्र हुन्छ । अहिले केपी ओलीमा यही प्रवृति हुर्कँदै गएको छ । यो अति भयो भने अन्त्य हुन्छ । त्यसैले केपी ओलीको अन्त्य सुनिश्चित छ ।’ नेता नेपालले केपी ओलीले पार्टीको विधानमै नभएको व्यक्तिवादी चरित्र लादेर नेताहरुलाई कारबाही गर्दै आएको बताए । केपी ओलीको एकलौटीको रुपका निलम्बन ग¥यो, कारबाही गरेको भन्दै भने, ‘तर हामी डराउनेवाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन । उनले कार्यकर्तालाई जिल्ला जिल्ला गएर संगठन निर्माणमा लाग्न आग्रह गर्दै भने, ‘तपाइँहरु नडराउनुस्, आतिनु पर्दैन । हामी पार्टीलाई संगठित बनाएर लैजान्छौँ । अहिले गाउँगाउँ र जिल्ला जिल्लामा संगठनको अभाव पनि छ । अब अगाडि बढ्नुपर्छ ।’