केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिए हामी हटाउँछौँ : पौडेल

२०७७ चैत्र २१ गते, शनिबार

चैत २१, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिएका छन् । नेपाल शिक्षक संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको बताए ।

पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह पनि गरे । उनले, भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’ ‘सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,’ उनले भने, ‘व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं ।’ ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उनले बताए । प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उनले आरोप लगाए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal