गुरास-नेपाल को साधारण सभा तथा अधिबेशन सम्पन्न।

२०७७ चैत्र २१ गते, शनिबार

नवलपरासी, बर्दघाट-०४ मा मुख्य कार्यालय रहेको गैर सरकारी संस्था गुरास-नेपाल को पाचौ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ। संविधानसभा सदस्य मा. बिक्रम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष रबिन्द्र सापकोटाले गर्नु भएको थियो।उपाध्यक्ष सानुमाया भट्टराईको स्वागत मन्तव्य गर्नु भएको उक्त कार्यक्रममा दाउन्ने देवि बहुमुखि क्याम्पस संचालक समिती अध्यक्ष तथा जिपि फाउन्डेसन नवलपरासीका अध्यक्ष विश्व प्रेम पाठक, गैर सरकारी महासंघ, नवलपरासीका पुर्व सचिब तथा लायन्स क्लब अफ नवलपरासी सन्सारकोटका अध्यक्ष कुलदिप आचार्य, पन्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष यम बहादुर क्षेत्रि लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो भने समाजसेवी पोषचन्द्र देवकोटा, बेद प्रसाद शर्मा, तुल्सीराम न्यौपाने,कमल थापा, सन्तोष गुरुङ्ग लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
तेस्रो अधिबेशनबाट गुरास-नेपालको अध्यक्षमा नारायण बिश्वकर्मा, उपाध्यक्षमा सानुमाया भट्टराई, सचिबमा किशोर गैरे, सह-सचिबमा सुशील भुर्तेल, कोषाध्यक्षमा युवराज पाण्डे, सदस्यमा सन्दीप धरेल, शिव नगरकोटी,नवीन कण्डेल, रेणुका खत्री, निकिता जैसी, स्मृति बिश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छ्न। त्यसै गरि लेखा समितीमा पशुपती चौधरी लेखा सम्योजक तथा लेखा सदस्यमा आशिष निरौला र मन्दिरा शाही निर्वाचित भएका छन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal