नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

२०७७ चैत्र २२ गते, आईतवार

चैत २२, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुन लागेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेसंगै पार्टीले अब लिने रणनीतिका सन्दर्भमा छलफल हुने बताइएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal