सुदूरपश्चिम प्रदेशमा देखिन थाल्यो नयाँ प्रकारको कोरोना, तीन जनामा संक्रमण पुष्टि

२०७७ चैत्र २२ गते, आईतवार

चैत २२, कैलाली । सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक र एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको भएको हो।

नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा तीन जनामा नयाँ भेरिएन्टको कोरोना संक्रमणको पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
कार्कीका अनुसार नयाँ भेरिएन्ट पुष्टि भएपनि कुन प्रकारका हो भनेर पुष्टि भएको छैन। कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal