प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जना घाइते, घाइते सहित तस्कर भारततिर भागे

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४, कैलाली । कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ । भजनी नगरपालिका–३ मोरियाघाट स्थित मोहना नदी किनारमा भएको भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिए।

प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएको बताइएको छ । प्रहरीको कारबाहीपछि घाइतेसहित चार जना तस्करै भारततिर भागेका छन् । तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले गोली प्रहार गरेपछि जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal