काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा, सतर्क रहन चिकित्सकको आग्रह

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४,काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेपछी सावधानी अपनाउन जनस्वास्थ्यविदले सुझाव दिएका छन् ।
देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा तथा धुलो र वर्षाको कमीका कारण वायुमण्डलमा जमेको धुलोको कणका कारण वायु प्रदूषित बनेको हो । अहिले पनि काठमाडौँ विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा छ । आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (वायुको गुणस्तर सूचांक) आज ३१७ रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा रहनुपर्ने हो । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ । यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मान्ने गरिएको छ । गत बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो।
तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो । यसैबीच वायु प्रदुषण दर उच्च बिन्दुमा पुगेका कारण नेपालका आन्तरिक उडानहरु प्रभावित बनेका छन् । हिजो भरतपुर, पोखरा, भैरहवाको बिमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal