पार्टीको तात्कालिक कार्यभार सरकार परिवर्तन गर्नु हो : प्रचण्ड

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तात्कालिक कार्यभार सरकार परिवर्तन गर्नु रहेको बताएका छन । मंगलबार रुकुम जाने क्रममा नेपालगञ्जमा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारलाई विस्थापन र नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

उनले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको पनि बताए । हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छौ र त्यो प्रक्रियामा छलफल चलिरहेको छ’, अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले सरकार परिवर्तनपछि पार्टी सुदृढ गर्ने अभियानको क्रमलाई प्राथमिकतामा राखिएको पनि बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal