खनाल–नेपाल समूहले बनायो १७५ सदस्यीय बागमती प्रदेश समानान्तर कमिटी

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४, काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ । यो समुहले २०७५ जेठ २ अघिको एमाले कालका अध्यक्षहरुलाई कायमै राखिएको छ भने अध्यक्ष आफ्नो पक्षका नभएका ठाउँमा नयाँलाई ल्याइएको छ ।

मंगलबार काठमाडौंमा भएको भेलाले जिल्ला कमिटीका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको एक केन्द्रीय सदस्य जानकारी दिए । प्रदेशका सबै जिल्लामा इन्चार्ज सहइन्चार्ज र केन्द्रीय प्रतिनिधिहरु समेत तोकिएको छ । चाँडै नै नेपाल पक्षीय बैठकका निर्णयहरु अन्तरपार्टी निर्देशनमार्फत तलसम्म पठाइने माधव नेपालले सो बैठकमा बताएका छन् । समानान्तर कमिटीको सह संयोजकमा केदार न्यौपाने, अरुण नेपाल र पशुपति चौलागाई रहेका छन् । यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal