ओखलढुंगामा बोलेरो दुर्घटना, जीप भिरमा अड्कियो

२०७७ चैत्र २४ गते, मंगलवार

चैत २४, काठमाडौँ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ । मंगलबार दिउसो गाउँपालिका-४ केत्तुकेबाट मानेभन्ज्याङ गाउँपालिकाको केन्द्रतर्फ गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जीप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालक चारजना गम्भिर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा गएर गाडी अड्किएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

मानिस डोरी बिना उद्धारका लागि जान नसक्ने भिडमा गाडी अड्किएकाले उद्धारमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । हालसम्म सवारी चालक भनिएका सिद्धिचरण नगरपालिका १० बेतिनीका २६ वर्षीय कमल बहादुर थापा र मानेभन्ज्याङ गाउँपालिका-४ का ५ बर्षिय डोल कुमारी मगरलाई उद्धार गरेर अस्पताल ल्याइएको छ । जीपमा रहेका अन्य दुईजना मानेभज्याङ-४ का ७१ बर्षिय बिना माया मगर र सोही स्थानका टुल्की माया आले मगरको उद्धार कार्य जारी छ । उनीहरु पनि अचेत अवस्थामा रहेको प्रहरीको भनाइ छ । यसअघि तीनजना मृत्यु भएको खबर आएपछि अस्पतालले पुष्टि नगरेकाले अहिले भन्न नमिल्ने प्रहरी निरीक्षक कट्टेलले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal