भारतमा कोरोना सङ्क्रमण दर तीव्र, एकैदिन १ लाख १५ हजार बढी सङ्क्रमित

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौँ । भारतमा दोस्रो लहरको कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारतमा एकैदिन १ लाख १५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै नयाँ रेकर्ड कायम भएको छ । योसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड २७ लाख ९९ हजार पुगेको छ । कोरोना सङ्क्रमण सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २ सय नाघेको छ ।

भारतमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । सङ्क्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कर्फ्युसमेत लगाइएको छ । धेरै सङ्क्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ । यसरी भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि दोस्रो लहरको डर बढेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal