उत्तर कोरियाले ओलम्पिकमा भाग नलिने घोषणा

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौँ । उत्तर कोरियाले यस वर्षको टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ । कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै उत्तर कोरियाले जापानमा हुने भनिएको ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने निर्णय गरेको हो । उत्तरको यो निर्णयसँगै सीमा पार हुने वार्ताहरु पनि नहुने भएको बीबीसीले जनाएको छ । उत्तरको निर्णयले लामो समयदेखि वार्ताको वातावरण बनाउने दक्षिण कोरियाको प्रयास पनि असफल भएको बताइएको छ ।

सन् २०१८ मा दुवै राष्ट्र शीतकालीन ओलम्पिकको संयुक्त टीममा प्रवेश गरेका थिए । यो घोषणासँगै कोरोना माहामारीका कारण प्रतियोगिता छोड्न उक्त कोरिया पहिलो राष्ट्र बनेको छ । ओलम्पिक जुलाइ २३ देखि जापानमा आयोजना हुँदैछ । यसअघि गृहयुद्धका कारण सने १९८८ मा पनि उत्तर कोरियाले ओलम्पिकमा भाग लिएको थिएन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal