ब्राजिलमा एकैदिन ४ हजार बढी कोरोना सङ्क्रमितको ज्यान गयो

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौँ । ब्राजिलमा पछिल्लो २४ घण्टामा चार हजार भन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण एक दिनमै चार हजार १९५ ले ज्यान गुमाएको र यति धेरैले ज्यान गुमाएको यो पहिलोपटक हो । ब्राजिलका अस्पताहरुमा उपचारको लागि कुर्दाकुर्दै बिरामीहरुले ज्यान गुमाइरहेका छन् । सङ्क्रमितहरुको अत्याधिक भीडभाडले अस्पतालको सेवा प्रवाह पनि प्रभावित बनेको बीबीसीले जनाएको छ । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म तीन लाख ३७ हजार बढी नागरिकले ज्यान गुमाइसेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ज्यान गुमाउने देश ब्राजिल बनेको छ । ब्राजिलमा एक करोड ३० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको र मार्चमा मात्रै ६६ हजार ५ सय बढीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्राले जनाएको छ । नयाँ स्वरुपको भारसको सङ्क्रमणसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal