समता र घरेलु लघुवित्तको एकीकृत कारोबार वैशाख २ गतेदेखि शुरु हुने

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौँ । गाभिएपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट वैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।
दुवै कम्पनीको पुस १४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत १९ गते अन्तिम स्वीकृति दिएसँगै वैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो । मर्जरपश्चात उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नम्बर ८, काभ्रेपलाञ्चोकमा रहने जानकारी दिइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal