डिप्रोक्स लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले मंगलवादेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको हो। कम्पनीले चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । साथै, यस आर्थिक वर्ष भन्दा अगाडीको नगद लाभांश लिन बाँकी शेयरधनीलाई कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी लाभांश लिनसमेत कम्पनीले अनुरोध गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal