रिलायन्स फाइनान्सले आव्हान गर्यो साधारण सभा, १०.५३% लाभांशको प्रस्ताव

२०७७ चैत्र २५ गते, बुधबार

चैत २५, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले वैशाख २२ गते ११औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको चैत २४ गने बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख १० गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal