ज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुल्ला, ओपनिङ्ग रेन्ज कति ?

२०७७ चैत्र २५ गते, बुधबार


चैत २५, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भए भएपछि बुधवार आज कारोबारमा आउन लागेको हो ।
नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार आज बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार आजको को कारोबार खुल्नेछ ।
कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal