नेपालको वायु प्रदूषण कम हुँदै, ठूलो पानी नपर्दा प्रदूषण कायमै रहने सम्भावना

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ । शुक्रबार नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरबाट सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ । आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो । अहिले सुधार भएर १५० भन्दा तल झरेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ ।

वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । वायु प्रदूषणको मात्रा मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । दुई सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । हिजो नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो । ठूलो पानी नपर्दासम्म अझै केही दिन प्रदूषण कायमै रहने सम्भावना छ । अहिलेको सुचकांकका अनुसार पाकिस्तानको लाहोर सहर १ सय ९६ एक्युआईसहित शीर्ष स्थानमा छ । पाकिस्तानपछि भारतको दिल्ली दोस्रो, बंगलादेशको ढाका तेस्रो तथा चीनको सेन्याङ चौथो स्थानमा छ ।

नेपालमा अहिले न्यूनचापीय मौसमी प्रणालीको विकास भएको मौसमविद्हरुले बताएका छन । यो मौसमी प्रणाली प्रदेश-१ हुँदै नेपाल प्रवेश गरेकाले एकरदुई दिन हल्का पानी पर्ने र आउँदो सोमवारपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको न्यूनचापीय मौसमी प्रणाली विकास भएकाले आज बेलुकीपछि उपत्यकासहित प्रदेश-१ र पहाडी ठाउँमा पानी पर्ने मौसमविद्हरुको दावी छ। अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश एकको मौसम आंशिक बद्ली भएको छ भने केही दिनदेखि तराई र पहाडि ठाउँहरुमा लागेको तुवाँलो अझै कायमै छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal