४० हजार घुस रकम सहित एक प्रहरी जवान पक्राउ

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो ।

४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal