दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, सप्तरी । सप्तरीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा हुँदाएक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो दुर्घटनामा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal