गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले सांसदबाट हटायो

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो । नेकपा एमाले प्रवेश गरेका रामबहादुर थापा बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद रिक्त हुने छ ।
यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो । दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal