युक्रेनको सीमाबाट सेना फिर्ता लैजान रुसलाई जर्मनीको आग्रह

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । जर्मनीले युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई आग्रह गरेको छ । जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा रुसी सेनाका कारण युक्रनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन आग्रह गरेका हुन। सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि सो क्षेत्रमा रुसी सेना तैनाथ छन् ।

यता अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गरिरहेका जनाएको छ । पछिला दिनहरूमा युक्रेनको सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ । अघिल्लो हप्तामा विद्रोहीको आक्रमणमा पाँच जना रुसी सैनिकको मृत्यु भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal