रुस–युक्रेन तनाव फेरि उत्कर्षमा, सैन्य हस्तक्षेप गर्ने रुसको चेतावनी

२०७७ चैत्र २७ गते, शुक्रबार

चैत २७, काठमाण्डौ । रुसले युक्रेनमा रहेका आफ्ना नागरिकको रक्षाका लागि आवश्यक परे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।
युक्रेनको सेनाले देशको पूर्वी भागमा सक्रिय पृथकतावादी समूहमाथि आक्रामक कारबाही थाल्ने बताएलगत्तै रुसले पनि जवाफी चेतावनी दिएको हो । युक्रेनका रुसी मूलका पुथक्तावादी समूहलाई रुसले सहयोग र समर्थन गर्दै आएको छ ।

सन् २०१४ देखि युक्रेनको पूर्वी भेग डोनबास लगायतको क्षेत्रमा तनाव जारी छ । पछिल्लो सयम पृथकतावादी समूह र युक्रेनी सेनाबीच झडपका घटनाहरू बढिरहेका छन् । पृथकतावादी समूहमाथि युक्रेनले निर्णायक कारबाही थाल्ने तयारी गरेसँगै रुसले युक्रेनसँगको सीमामा आफ्ना सेनाको तैनाथी बढाएको छ । झण्डै २० हजारभन्दा बढी रुसी सेना अहिले युक्रेनको सीमामा तयारी अवस्थामा छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal