लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ : मन्त्री केसी

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् । आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्दै गएकोले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका ‘ हुन ।

कानुनमन्त्री केसीले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए । उनले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal