बेसार पानीको कथा दोहोर्याई रहे महँगो साबित होला : अध्यक्ष जबराले

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने बताएका छन् । बेसार पानीको मात्र कथा दोहोर्याई रहे महँगो साबित हुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भने ‘छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ । यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ । यस अवस्थामा सरकारले सिमाना अनुगमन गर्नेदेखि समयमै सबै सावधानी अपनाउनु जरुरी भएको छ,’ राणाले शनिबार भने । ‘अन्यथा बेसार पानीको कथा महँगो साबित हुने प्रष्ट छ ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal