साताको पाँच दिन खुल्ने शेयर बजार यो साता तीन दिन मात्र खुल्ने

२०७७ चैत्र २९ गते, आईतवार


चैत २९, काठमाडौं । यो साता तीन दिन मात्र शेयर बजार मात्र खुला हुने भएको छ । आज आइतवार घोडेजात्रा र बुधवार नयाँवर्ष विसं २०७८ सालको वैशाख १ गते सार्वजनिक बिदा परेकाले तीन कारोबार दिनमात्र शेयर बजार खुल्ने भएको हो ।

साताको पाँच दिन खुल्ने बजार यो हप्ता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्र खुला हुने छ । यो साता सोमवार, मंगलवार र बिहीवार मात्र बजार खुल्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal