नेप्सेमा सिंगटी हाइड्रो इनर्जीले कति पाउला ओपन रेञ्ज ?

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को प्रतिशेयर नेटवर्थ रू १०० भएकाले नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले चैत ६ गते देखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरिएको छ । कम्पनीले बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको निष्कासन गरेको थियो । उक्त आईपीओ चैत २७ गते बाँडफाँट भएको हो । बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal