सुनको भाउमा गिरावट, तोलामा ४०० ले ओरालो लाग्यो

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतवार सुन र चाँदी दुबैको भाउमा सामान्य गिरावट देखिएको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू ८९ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू ८९ हजार ९०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ८९ हजार ०५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू ८९ हजार ४५० मा कारोबार भएको थियो । यस्तै, आइतवार चाँदीको पनि घटेको छ । शुक्रवार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको चाँदी आइतवार रू १ हजार २७५ मा खरीदविक्री भइरहेकको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य रू ५ ले घटेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal