म्यानमारमा ८० प्रदर्शनकारी मारिए, मृतकको यकिन तथ्यांकमा अन्योल

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । सेनाले सत्तामा आफ्नो पकड कायमै रोक्न दमन थप बढाएको छ । म्यानमारको बागो शहरमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीले गरेको कारवाहीमा ८० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् । म्यानमारको समाचार आउटलेट असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्शका अनुसार शुक्रबार एकैदिन ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको हो । सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न नसकेको बताइएको छ ।

यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले बिहानैबाट कारवाही गरेको थियो । म्यानमारमा जननिर्वाचत सरकारलाई अपदस्थ गरि गत फेब्रअरी १ मा सेनाले सत्ता हत्याए यता चर्किएको प्रदर्शनमा ६ सय १८ जनाको मृत्यु भैसकेको छ । राष्ट्रसंघको बैठकले भने म्यानमारलाई असफल राष्ट्रको संघारमा पुगेको भन्दै त्यहांको सैन्य नेतृत्वलाई चेतावनी दिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal