काठमाडौंको शिवपुरी–नागार्जुन जंगलमामा भीषण आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ । आगो बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको हो । आगो ठूलो क्षेत्रमा फैलिएको छ । आइतबार बिहान करिब ९ः३० बजेबाट लागेको आगो नियन्त्रणको प्रयास भइरहेको निकुञ्जले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् । आगो करिब डेस मिटर लम्बाईमा फैलिएर लागेकाले नियन्त्रण गर्न कठिन भएको बताईएको छ। आगो बस्तीसँगैको पर्खालबाट शुरु भएको छ। दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal