इन्डोनेसियामा भूकम्पको धक्का, ७ जनाको मृत्यु, सयौ घरमा क्षति

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प गएको छ । भुकम्पमा परी ७ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको जाभा द्वीप केन्द्र बिन्दु भई भुकम्पका गएको हो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो ।

रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सयौ घरमा क्षति पुगेको छ । यसैबीच भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal