सोमालियामा आत्मघाती बम बिस्फोट, ३ जनाको मृत्यु, ५ जना घाइते

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । अफ्रिकी मुलुक सोमालियामा आत्मघाती बम बिस्फोट भएको छ । बम बिस्फोटबाट ३ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर अली वरधारेलाई लक्षित गरी गराइएको बिस्फोटमा गभर्नरका दुई अंगरक्षक सहित एक सर्वसाधारणको मृत्यु भएको बताईएको छ।

घटनामा गभर्नर भने सकुशल रहेको बताइएको छ । बैडोआमास्थित एक होटलमा प्रवेश गरेका अज्ञात ब्यक्तिले आत्मघाती बिस्फोट गराएको प्रहरीले जनाएको छ । यस अघि गत साता एक चिया पसलमा भएको आत्मघाती बिस्फोटमा ५ जनाको मृत्यु भएको थियो । सोमालियामा सन् २००७ देखि इस्लामिक लडाकु समुह अल शवाबले सशस्त्र संघर्ष गर्दै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal