काठमाडौंको शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खसालियो

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरको हेलिकप्टरबाट पानी खसाइएको हो । हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आइतबार बिहान करिब ९ः३० बजेबाट लागेको आगो नियन्त्रणको प्रयास भइरहेको निकुञ्जले जनाएको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

काठमाण्डौका दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् । आगो बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको हो । आगो ठूलो क्षेत्रमा फैलिएको छ । आइतबार बिहान करिब ९ः३० बजेबाट लागेको आगो नियन्त्रणको प्रयास भइरहेको निकुञ्जले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal