शिक्षण संस्था बन्द गर्ने मन्त्रालयको प्रस्तावमा प्याब्सनको विरोध

२०७७ चैत्र २९ गते, आईतवार

चैत २९, काठमाण्डौ । कोरोना भाइरस ९कोभिड( १९०को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन । शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर उक्त प्रस्ताव अगाडि बढाउने तयारी गरेको बताइएको छ ।

यता प्याब्सनले भने मुलुकभरका सबै विद्यालय बन्द गर्दा क्षैत्रिक क्षेत्रमा ठूलो असर पर्ने भन्दै त्यसको विरोध गरेको छ । पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने र त्यसका लागि वातावरण बनाइदिन सरकारसँग माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रुपमा सञ्चालन हुन दिनुपर्ने र त्यसका लागि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने माग राखेका हुन् ।

पढ्नुहोस् विज्ञप्तिः

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal