कोरोना भाइरस तिब्र गतिमा फैलिएसँगै भारतमा आजदेखि कडा प्रतिबन्ध

२०७८ बैशाख १ गते, बुधबार

बैशाख १, काठमाण्डौ । कोरोना भाइरस तिब्र गतिमा फैलिएसँगै भारतमा आजदेखि कडा प्रतिबन्ध लागु हुने भएको छ । भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु हुने भएको हो । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै आज राति ८ बजेदखि कडा प्रतिबन्ध सुरु गर्न लागिएकको मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन। अहिलेको प्रतिबन्धलाई लकडाउन नभनिए पनि कडा प्रतिबन्ध हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ । मुख्यमन्त्री ठाकरेका अनुसार अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरु भने खुल्नेछन् । यस्तै पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्ज बोर्डसँग संबन्धित वित्तिय संस्थाहरु खुल्नेछन् ।

निर्माणका कामहरु चलेपनि होटल, रेष्टुरेन्टहरु, सिनेमा हल, मनोरञ्जन पार्कलगायत सबै सार्वजनिक ठाउँहरु बन्द रहने भएको छ । यस्तै सबै पूजा स्थल, विद्यालय कलेजहरु बिहान ७ बजेसम्म बन्द हुनेछन् । भारतमा पछिल्लो समय २४ घण्टामा मात्रै १ लाख ८५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । १ हजार २६ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार १ सय १५ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal