सेप्टेम्बर ११ पछि अफगानस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने तयारी

२०७८ बैशाख १ गते, बुधबार

बैशाख १, काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ पछि अमेरिकी सेना अफगानस्तानबाट फिर्ता बोलाउने बताएका छन। राष्ट्रपति बाइडेनले आफ्ना सेना फिर्ता बोलाउनेबारे चाँडै नै घोषणा गर्ने बीबीसीले जनाएको छ । गत वर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेना फिर्ता बोलाउन तालिवानीहरुसँग सहमति गरेका थिए। सन् २००१ मा अमेरिकाको विश्व व्यापार केन्द्र र पेन्टागनमा भएको आतंकवादी हमलाको २०औं वार्षिकीसँगै अफगानस्तानमा रहेका अमेरिकी सेना फिर्ताको घोषणा हुने अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति बाइडेनले यसअघि मे १ मा ओरिकी सेना फिर्ता बोलाउने बताएका थिए। कट्टरपन्थी इस्लामिकहरुको आन्दोलनमा तालिवानीहरुले हिंसात्मक गतिविधि कम नगरेको भन्दै अमेरिकी र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का अधिकारीहरुले पूर्व प्रतिवद्धताअनुसार शान्ति कायम गर्न आग्रह गरेका छन् । अमेरिकी सेना फिर्ताको मिति अझै औपचारिक रुपमा तय भइनसकेकाले अफगान र तालिवानीहरुबीच हुने भनिएको वार्ताको टुंगो भने अझै लागेको छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal