अमेरिकालाई रुसको चेतावनी, १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्धको घोषण

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । दुई दिनअघि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै मस्कोले जवाफमा अमेरिकी कुटनीतिक अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।
रुसी विदेशमन्त्री सेर्गो लाभ्रोभले मस्कोमा रहेका अमेरिकी कुटनीतिक अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको बताएका हुन् । यस्तै अमेरिकी गैर सरकारी संस्थाहरुका गतिविधिलाई रुसको राजनीतिमा हस्तक्षेप गर्न रोक्ने बताइएको छ । आफूले रुससँग पुनः द्वन्द्व गर्न नचाहेपनि बाध्यकारी कदम चाल्नुपरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए । उक्त कदमको जवाफ चाँडै दिने रुसले चेतावनी दिएको थियो । राष्ट्रपति बाइडेनले रुससँग स्थिर सम्बन्ध कायम गर्नका लागि बाध्यकारी कदम चालिएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुनुअघिदेखि नै रुस र अमेरिकाबीचको विवाद बाहिर आएको थियो । गत निर्वाचनमा पनि ट्रम्पको गलत अभिव्यक्तिप्रति साथ दिएको भन्दै रुसको कडा आलोचना भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal