कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताएका थिए । यस्तै सीले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताए ।

सीले भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने बताए। त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्न चाहेको बताए। जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनी, फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्त्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको बताए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal