आईपीएल टिम दिल्ली क्यापिटल्सका बलर एनरिच नोर्किया कोरोना संक्रमण मुक्त

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका बलर एनरिच नोर्किया कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण भएको एक साताको क्वारेन्टिनपछि तीव्र गतिका बलर नोर्किया कोरोना मुक्त भएका हुन् । आईपीएलका लागि दक्षिण अफ्रिकाबाट भारत आएर गरिएको परिक्षणमा नोर्कियालाई कोरोना पोजेटिभ देखिएको थियो ।

दिल्लीले सामाजिक सञ्जालमार्फत नोर्किया कोरोना मुक्त भएको जानकारी दिएको छ । कोरोनाबाट मुक्त भएसँगै नोर्कियाले आइतबार हुने पन्जाब किङ्ग्सविरुद्धको खेल खेल्नेछन् । आईपीएल इतिहासकै सर्वाधिक तीव्र गतिका बलर गत अप्रिल ६ मा भारत आईपुगेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal