भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । भारतमा पछिल्लो समय असाध्यै धेरै संक्रमित भेटिएका छन् । कोरोना भाइरसले शुक्रबार एकै दिनमा २ लाख ३३ हजार ७५७ संक्रमित फेला परेका छन् । भारतभरि हालसम्म १ करोड ४५ लाख मानिस कोरोनाद्वारा संक्रमित भएका छन् । यसका साथै पछिल्लो २४ घण्टामा संक्रमणका कारण भारतमा १३ सय ३८ ले ज्यान गुमाइसकेका छन् ।

कोरोनाको बढ्दो मामिलाका बीच देशका १२ राज्यमा मेडिकल अक्सिजनको संकट गहिरिँदै गइरहेको छ । अक्सिजनको कमीका कारण मानिसहरुको मृत्यु भइरहेको छ । कोरोनाका कारण बिग्रँदो स्थितिलाई मध्यनजर गर्दै आइतबारबाट उत्तर प्रदेशमा पनि लकडाउन लागू गरिएको छ । यस अघि भारतको महाराष्ट्रमा पनि कडा प्रतिबन्ध लगाईएको थियो भने विभिन्न ठाँउमा होटल, रेष्टुरेन्टहरु, सिनेमा हल, मनोरञ्जन पार्कलगायत सबै सार्वजनिक ठाउँहरु बन्द गरीएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal