नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु, अनलाइनबाटै कारोबार हुने

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ ९ईआरपी० प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि ईआरपी प्रणालीमा काम सुरु गरिएको निगमले जनाएको छ ।

ईआरपी प्रणाली सुरु गरेपछि पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार हुनेछ । पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal