क्युबन नेता क्यास्ट्रोको राजिनामा, ६ दशक लामो परिवारको सत्ता नेतृत्वको अन्त्य

२०७८ बैशाख ४ गते, शनिबार

वैशाख ४, काठमाडौं । क्युवाका कम्युनिष्ट नेता राउल क्यास्ट्रोले क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएका छन् । क्यास्ट्रोको राजीनामासँगै सो परिवारको विगत ६ दशकदेखिको सत्ता नेतृत्व अन्त्य हुने भएको छ । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएको बीबीसीले जनाएको छ । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको राउल क्यास्ट्रोले बताएका छन् । उनको ठाउँमा नयाँ नेतृत्व चयनका लागि पार्टीको चार दिने कंग्रेसको अन्तिम दिन मतदानबाट चयन हुने बताइएको छ ।
सन् १९५९ को क्रान्तिपछि क्युवामा क्यास्ट्रो परिवार सत्तामा रहँदै आएको छ । तर सन् २०१८ मा राष्ट्रपति बनेका मिगुएल डिआस–कनेल क्युबन कम्युनिष्ट पार्टीको नेता चयन हुने अपेक्षा छ । यससँगै सन् १९५९ पछि पहिलोपटक क्यास्ट्रो परिवार भन्दा बाहिरकाले क्युवाको नेतृत्व गर्ने छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal