कोभिडका बिरामी बढेपछि काठमाडौं उपत्यकाका अस्पताल भरिए, लकडाउन गर्न सुझाव

२०७८ बैशाख १० गते, शुक्रबार

वैशाख १०, काठमाडौं । कोभिडका बिरामी बढेपछि काठमाडौं उपत्यकाका अस्पताल पनि भरिएका छन । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शययाहरु भरिभराउ भएका छन । शययाहरु भरिएपछि अस्पतालहरूले अन्यत्र रेफर गर्नु परेको जनाएका छन्। कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि पाटन अस्पतालले हिजै देखि अन्यत्र रेफर गर्न थालेको छ । पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको थियो। पाटन अस्पतालमा ‘तीन दिनदेखि सबै शयया भरिएको अस्पतालले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ। वीर अस्पतालमा पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भैसकेका छन । यस्तै काठमाण्डौका अन्य अस्पतालहरुमा पनि शयया भरिभराउ हुन थालेका छन । सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal