ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

२०७८ बैशाख १० गते, शुक्रबार

वैशाख १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ । एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए ।

एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए । नेपालसहितका नेताहरूलाई पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बनको निर्णयमा पुनर्विचार गर्न सकिने अध्यक्ष ओलीले संकेत गरे पनि शुक्रबार ९आज० बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने सर्त अघि सारेका छन् । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै २ जेठमै फर्किनुपर्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् ।
‘तपाईंहरू भोलि (शुक्रबार)को बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाका लागि पार्टीबाट गरिएको निलम्बन फुकुवा गर्छु’ छलफलमा ओलीले भने । तर, नेता नेपालले ओलीको सो प्रस्ताव अस्वीकार गर्दै २ जेठको अवस्थामा नफर्किंदासम्म आफूहरू बैठकमा आउन नसक्ने बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal