अस्पतालमा बेड अभाव भएपछि, दाङमा भुइँमा राखेर उपचार

२०७८ बैशाख १० गते, शुक्रबार

वैशाख १०, काठमाडौं । कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। कोरोनाको दोस्रो लहरको सुरुआतमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पछि भुइँमा बसेर बिरामीको उपचार गरिरहेको हो। बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि यहाँको अवस्था भयाभह हुने देखिएको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन नेपालमा कोरोना सक्रमित थपिइरहेका छन् । विहिबार मात्र नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ संक्रमित थपिएका थिए। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal