प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरको मूल्य समायोजन गरेको हो। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू ८३३ को आधारमा शेयरमूल्य समायोजन भएको हो । समायोजनपछि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य रू ७७१ तोकेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal