बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा स्थगित

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १९, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वैशाख ३१ गते आव्हान गरेको २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।
उपत्यकामा जारी निषेधाज्ञाका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरेको जानकारी कम्पनीले आइतवार सूचनामार्फत गराएको हो ।
कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव सहित साधारण सभा आव्हान गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते (एक दिन) बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको मिति भने यथावत नै रहनेछ । बुक क्लोजको आधारमा वैशाख १६ गतेसम्म कायम शेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal